लन्डन ओलम्पिकको आठौं दिनको समाप्तीसम्म अमेरीकाले आफ्नो अग्रतालाई जारी

ओलम्पिक पदक तालिकामा २६ स्वर्ण पदकसहित अमेरीकाको अग्रता कायमलन्डन ओलम्पिकको आठौं दिनको समाप्तीसम्म अमेरीकाले आफ्नो अग्रतालाई जारी राखेको छ ।

 

२६ स्वर्ण पदक जितेको अमेरीकाले १३ रजत र १५ कास्य पदकसहित कुल ५४ पदक जितेको छ । 

 

२५ स्वर्ण पदक जितेको चिन १६ रजत र १२ कास्य सहित कुल ५३ पदकका साथ दोस्रो स्थानमा छ ।

 

हिजो ६ वटा स्वर्ण पदक जितेको आयोजक बेलायत कुल १४ स्वर्ण पदकसहित तेस्रो स्थानमा छ भने ९ स्वर्ण पदकसहित दक्षिण कोरीया चौथो तथा ८ स्वर्ण पदकसहित फ्रान्स पाँचौ स्थानमा छ ।

आठौं दिनको समाप्तीसम्म कुल १ सय ३८ वटा स्वर्ण पदकको छिनोफानो हुँदा ३३ राष्ट्रले स्वर्ण पदक जितेका छन्भने ५८ राष्ट्रले पदक तालिकामा नाम लेखाईसकेका छन् ।