एजेन्सी । भारतीय मोडल पूनम पाण्डे अनेक तीकडम गरेर सधैं चर्चामा रहने गर्छिन् । कहिले न्यूड फोटोसुट गरेर त कहिले नाङ्गै दौडिने अभिव्यक्ति दिएर पूनमले मिडियादेखि सर्वसाधारणलाई आफूपट्टि खिचेकी नै छिन् ।
केही दिनअघिसम्म अर्धनग्न फोटोसुट गराएर आफ्नो सोसियल साइटमा पोष्टगर्दै आएकी पूनम अहिले भने एक भिन्नै कारण चर्चामा रहेकी छिन् । केही समयअघि आफ्नो ब्रेष्टको सर्जरी गराएकी पूनमले हालै आफ्नो ओठको समेत सर्जरी गराएकी छिन् ।
बलिउड फिल्म नगरीमा पाइला चाल्न लागेकी पूनमले आफूलाई फरक देखाउन ओठको सर्जरी गरेको दावी गरिएको छ । पूनमले आफ्नो ओठको सर्जरी गरे लगत्तै माइक्रो ब्लगिंङ साइटमा लिपिष्टक लगाएको आफ्नो फोटो अपलोड गरेकी छिन् ।
पूनमले हालै निर्देशक अमित सक्सेनाको नयाँ बलिउड फिल्ममा साइन गरेकी थिइन् ।



