लन्डन । ब्राजिल र मेक्सिको ओलम्पिक फुटबलको स्वर्ण पदकको लागि भिड्ने भएका छन् । लन्डनमा जारी ३० औं ग्रिष्मकालिन ओलम्पिक अन्तर्गत गएराती भएका सेमीफाईनलमा दुईवटा एशीयाली राष्ट्रहरु जापान र दक्षिण कोरीयालाई हराँउदै ब्राजिल र मेक्सिकोले उपाधि भिडन्त तय गरेका हुन् । सेमीफाईनलमा दावेदार ब्राजिलले दक्षिण कोरीयालाई ३-० ले हरायो । खेलमा ब्राजिललाई विजयी गराउन डामियाओले दुई गोल गरेभने रोमुलोले एक गोल गरे ।
गएरातीकै अर्को सेमीफाईनलमा मेक्सिकोले जापानलाई ३-१ ले हरायो । खेलमा मेम्सिकोलाई विजयी गराउन फाबियन, पारेल्टा र कोर्टसले एक एक गोल गरे । पराजित टोली जापानको लागिभने ओत्सुले एक सान्तोना गोल गरेका थिए । ओलम्पिकको महिला फुटबलतर्फ स्वर्ण पदकको लागि अमेरीका र जापान भिड्दैछन् ।



