विदेशी नाम हटाउनुपर्ने, शुल्क घटाउनुपर्ने लगायतका माग राखेर विद्यार्थी संगठनहरुद्धारा देशभरका शिक्षा कार्यालयमा धर्ना

काठमाडौं। थाहा भए अनुसार  शिक्षण संस्थाहरुले विदेशी नाम हटाउनुपर्ने, शुल्क घटाउनुपर्ने लगायतका माग राखेर आज विद्यार्थी संगठनहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् ।

 

विपक्षी दल सम्बद्ध नौ विद्यार्र्थी संगठनले शुल्क घटाउनुपर्ने र विदेशी नाम हटाउनुपर्ने माग राखेर आज विहान दुई घण्टा देशभरका शिक्षा कार्यालय अगाडी धर्ना दिएका हुन् ।

 

सरकारले आफुहरुको मागलाई गम्भीरतापूर्वक नलिए आन्दोलनका थप कार्यक्रम संचालन गर्ने विद्यार्र्थी संगठनहरुले जनाएका छन् । यसअघि हिजो विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडी प्रदर्शन गरेका थिए ।