विश्व फुटवलको – याकिङमा नेपाल ७ स्थान तलझर्दै १ सय ६२ औं स्थानमा पुगेको छ । विश्व फुटवलको सर्वोच्च संस्था फिफाले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यसअघिको १ सय ५५ औं स्थानबाट ७ स्थान तलझर्न पुगेको हो । दक्षिण एसियमा माल्दिभ्स सबैभन्दा माथी १ सय ६१ औं स्थानमा छ । त्यस्तै अफगानिस्तान २ स्थान तलझर्दै १ सय ६४ औं स्थानमा कायम छ । त्यस्तै भारत ५ स्थान तलझर्दै १ सय ६८ औं स्थानमा पुगेको छ ।
त्यस्तै बंगलादेश १८ स्थान तल झरेर १ सय ६९ औं स्थानमा छ भने पाकिस्तान १ सय ७६ औं र श्रीलंका १ सय ७९ औं स्थानमा कायम छन् ।
फिफा वरियतामा स्पेन शीर्ष स्थानमा कायमै छ भने दोस्रो स्थानमा जर्मनी पनि यथावतै छ । त्यस्तै १ स्थानमाथी उक्लिदै इंग्ल्याण्ड तेस्रो स्थानमा पुगेको छ भने १ स्थान तलझर्दै उरुग्वे चौंथो स्थानमा छ ।
त्यसैगरी फिफा वरियतामा पोर्चुगल पाँचौं, इटाली छैटौं, अर्जेटिना सातौ स्थानमा कायम छन् । त्यसैगरी नदेरल्याण्ड, क्रोएसिया, डेनमार्क क्रमश आठौं, नवौं र दशौं स्थानमा रहेका छन् । विश्व फुटवलमा चर्चित ब्राजिल भने २ स्थान तलझर्दै १३ औं स्थानमा पुगेको छ ।



