मध्यपुर श्रावण २७ गते । मध्यपुर चेस क्लबद्धारा आयोजित तेश्रो मध्यपुर थिमी खुल्ला चेस टुर्नामेन्टको उपाधि बोडे भक्तपुरका बालकृष्ण अदुवाले जितेका छन् । स्वीस लिग सात चरणको खेलमा उनले ६ दशमलव पाँच अंक हासिल गरेका थिए । शनिबार सम्पन्न फाइनल खेलमा उनले भेट्रान चन्द्रमोहन जोशीलाई माथ गरेका थिए । उपाधिसँगै नगद १६ हजार प्राप्त गरे । त्यस्तै समान अंक भएपनि टाइब्रेकमा आयोजक क्लबका अध्यक्ष रबि श्रेष्ठ दोश्रा भए । उनले अन्तिम खेलमा आयोजक क्लबकै कोषाध्यक्ष लक्ष्मण मानन्धरलाई हराएका थिए । रबिले नगद ८ हजार प्राप्त गरे । त्यस्तै साढे पाँच अंकका साथ श्याम राजबाहक तृतीय भई नगद ६ हजार हात पारे ।
शंखधर पार्टी भेन्यु थिमीमा संचालित खेलमा समान ५अंक हासिल गरेपनि टाइब्रेकमा प्रशान भासिमा चौथौं भई नगद ४ हजार पाँचसय लक्ष्मण मानन्धर पाँचौ भई ४ हजार जेन श्रेष्ठ छैटांै भई ३ हजार पाँचसय र श्याम श्रेष्ठ सातौं भई नगद ३ हजार प्राप्त गरे । त्यस्तै समान ४ दशमलव पाँच अंक प्राप्त गरे पनि टाइब्रेकमा चन्द्रमोहन जोशी आठौं हेरेन्द्र बज्राचार्य नवौं रहे भने ४ अंकका साथ उज्वल श्रेष्ठ दशौं भए । उनीहरुले नगद क्रमशः २ हजार र एक हजार पाँच सय प्राप्त गरे ।
मध्यपुर थिमीबाट राष्ट्रियस्तरका चेस खेलाडी तयार गर्ने उदेश्यका साथ आयोजना गरीएका यस टुर्नामेन्टमा ३९ जना खेलाडीहरु सहभागी थिए भने उत्कृष्ठ दशजना खेलाडीहरुलाई नगद ५० हजार पुरस्कार व्यबस्था गरिएको थियो ।
विजयी तथा सहभागी खेलाडीहरुलाई टुर्नामेन्ट संयोजक शिवसुन्दर श्रेष्ठको सभापतित्वमा एक क्रार्यक्रमबीच प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले नगद पुरस्कार शिल्ड मेलड तथा प्रमाण पत्र प्रदान गरेका थिए ।