शाहरुख खान र दीपिका पादुकोनेलाई पुनः एक पटक सँगै देखिने


बलिउडको सुपरहिट फिल्म ओम शान्ति ओमको हिट जोडी शाहरुख खान र दीपिका पादुकोनेलाई पुनः एक पटक सँगै देखिने भएको छ । शाहरुख खानको नयाँ फिल्म चेन्नई एक्सप्रेसमा यो जोडीलाई दोस्रो पटक एकसाथ देखिन लागिएको हो ।

हालै शाहरुखको नयाँ फिल्मका लागि अभिनेत्रीमा दीपिका पादुकोने चयन भएकी हुन् । यसअघि उक्त फिल्मका लागि करिना कपुर, कैटरिना कैफ र प्रियंका चोपडासम्मको नाम जोडिए पनि अन्ततः दीपिका चुनिन सफल भएको जनाइको छ ।


चेन्नई एक्सप्रेसको सुटिङ यही सेप्टेम्बर महिनाबाट सुरु हुँदैछ भने उक्त फिल्मलाई रोहित शेट्टीले निर्देशन गर्दैछन् । चेन्नई एक्सप्रेस शेट्टीको लागि पहिलो फिल्म हो, जसमा उनले आफ्ना साथी तथा नायक अजय देवगनलाई खेलाएका छैनन् ।

 

त्यस्तै यो फिल्म शेट्टीका लागि अर्को कारणले पनि पहिलो हो, जसमा उनले दीपिका र शाहरुखका साथ एकसाथ काम गर्दै छन् । उक्त फिल्म एक व्यक्तिको कथामा आधारित भएको बताइएको छ, जसले मुम्बईबाट चेन्नईसम्मको यात्रा गर्छ ।

 

– एजेन्सी