२७ जुलाई २०१२ मा ग्रेटव्रिटेनको राजधानी लण्डनमा सुरु भएको ओलम्पिक १७ दिन लामो रस्साकस्सी पछि सकिएको छ । रियो दि जेनेरियोमा भेट्ने वाचा सहित ग्रीष्म कालिन लण्डन ओलम्पिक १०१२ भब्यताका साथ सकिएको छ । अमेरीकाले सबैलाई पछि पादै पदक तालिकामा आफ्नो बर्चस्व जमाएको छ।
विभीन्न नयाँ किर्तीमानहरु रचिए । प्रतियोगीता मुलत स् २ शक्ति सम्पन्न राष्ट्र अमेरिका र चिन विचको प्रतिष्ठाको लर्डाई रहृयो । प्रतियोगीता अवधीभर कहिले अमेरिका त कहिले चिन अगाडी रहे । केही खेलको नतिजा मात्र वाकी रहँदा अमेरिका स्पष्टरुपमा अगाडी देखीएको छ ।
यस प्रतियोगीता अवधिभर विश्वका दुइ चर्चीत खेलाडी, अमेरिकाका पौडीबाज माइकल फेलेप्स र जमैकन स्टार धावक उसेन बोल्ट चर्चाका शिखरमा रहन सफल भए । यसैविच चिनकी महिला पौडीबाज यी सिवीन ले विश्वलाई चकीत तुल्याउने पर्दशन गरीन । उनको पर्दशनमा अमेरिकी अधिकारी मुख नखोली बस्न सकेनन् ।
लण्डन ओलम्पिक २०१२ मा ग्रेट ब्रिटेन सवैभन्दा सफल राष्ट ठहरियो । उसले आफनो इतिहासमा सवै भन्दा वढी १९ स्वण जितेको किर्तीमान उछीन्दै आफनो स्वण संख्या २८ पुर्याएको छ । यस ओलम्पिक नेपालका लागी भने वेइजिङ ओलम्पिक भन्दा फरक रहेन । नेपालका ५ वटा खेलाडी असफल रहे ।
नेपालको प्रतिनिधीत्व गरेका प्रसिद्घजंग शाहले राष्ट्रिय रेकड सम्म पनि तोड्न सकेनन । कुनै पनि दक्षिण एसियाली मुलुकले एक स्वण समेत पनि जित्न सकेका छैनन् । भारतले हालसम्म एक रजत सहित कुल ५ पदक जितेको छ ।
समापनका अवसरमा बेलायती प्रधानमन्त्री डेबिट क्याम्रुनले आफ्नो देशले सफलताका साथ ओलम्पिक आयोजना गरेको बताए । सफल आयोजनाका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाले बेलायती प्रधानमन्त्री क्याम्रुनलाई बधाई दिए ।
लण्डन ओलम्पिकमा ४६ स्वर्ण, २९ रजत र २९ काश्य पदक सहित अमेरिकाले शीर्ष स्थान कायम ग



