आइसीसी अण्डर १९ बिश्बकप क्रिकेटको १३ औ स्थानका लागि भएको प्ले अपको सेमिफाइनलमा नेपालद्धारा नामिबिया ३९ रनले पराजित

आइसीसी अण्डर १९ बिश्बकप क्रिकेटको १३ औ स्थानका लागि भएको प्ले अपको सेमिफाइनलमा  नेपालले नामिवियालाई ३९ रनले पराजित गरेको छ ।  नेपालले दिएको २ सय २० रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको नामिविया ४६ दशमलब ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ८० रनमा समेटियो । नेपाललाई जित दिलाउन भूवन कार्कीले सर्वाधिक ५ विकेट लिए । यस्तै कप्तान पृथु बाँस्कोटा, सागर पुन, प्रदीप ऐरी, रामनरेश गिरी र कृष्ण कार्कीले समान एक-एक विकेट झारे ।
टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय १९ रन जोडेको थियो । खराब सुरुवात गरेको नेपाली पारी मध्यक्रमका  ब्याट्सम्यानहरुले सम्हालेका थिए । नेपालका लागि प्रदिप ऐरी आक्रमक पारी खल्दै ७६ बलमा ३ छक्का र ३ चौकको मदतमा ९८ रन बनाए । जारी प्रतियोगितामा नेपाली व्याट्सम्यानको सर्बाधिक रन बनाएका हुन् । उनले राजेश पुलामि मगरसँग ६४ रन तथा हसिम अन्सारीसँग ६० साझेदारी गरेका थिए । सुवास खकुरेलले ३५, राजेश पुलामी मगरले २४ तथा पृथु बास्कोटाले १८ रन बनाए । सागर पुन ७, फैजल रहमान ५, कृष्ण कार्की ३ र नरेश बुढाएरले १ रन जोडे ।
नामिबियाका क्रिस्टोफर कोम्बीले ३ विकेट लिए । प्रतियोगितामा खराव प्रर्दशन गर्दै आएको नेपालले आज पहिलो पटक नामिवियालाई पराजित गर्दै एक जित निकालेको हो ।