पि.एम.मगर
अनेरास्ववियू जिल्ला कमिटी गुल्मीमा बिद्यमान बिबाद झन बल्झीदै गएको छ। २२ औ जिल्ला सम्मेलन गत असार ८ र ९ गते मदन आश्रीत स्मृति भवन तम्घासमा उदघाटन भई बिबादै बिबादका बिच सम्पन्न भएको थियो।
क्षेत्र नं. २ बाट सम्मेलनमा सहभागी प्रतिनिधीहरुले जिल्ला नेतृत्व चयनका क्रममा सिङ्गो क्षेत्र नं. २ लाई पदाधिकारीमा प्रतिनिधित्ववीहिन बनाएर अन्याय र उपेक्षा गरिएको भन्दै सम्मेलन बहिस्कार गरि आगामी बैठकमा सहभागी नहुने बताएका थिए। अध्यक्ष पदका उम्मेदबार राजेन्द्र बिक्रम कुवँर, उपाध्यक्ष पदका उम्मेदवार बिमल ज्ञवाली, बिनोद न्यौपाने र सचिव पदका उम्मेदबार काशीराम पाण्डेयले नेतृत्व चयनमा मनोमानी गरिएको भन्दै घोषित जिम्मेवारी अस्वीकार गर्दै आएका छन। सम्मेलन सम्पन्न भएको करिव २ महिनापछि आयोजित जिल्ला कमिटी बैठकमा क्षेत्र नं. २ र ३ बाट प्रतिनिधित गर्ने अधिकांस सदस्यहरुले बुधवारको बैठक बहिस्कार गरेको असन्तुष्ट पक्षधरका केही विद्यार्थीहरुले वताएका छन। जिल्ला सम्मेलनबाट सचिव पदका लागी जिम्मेवारी घोषणा गरिएका राजेन्द्र बिक्रम कुवँरले क्षेत्र नं. २ का प्रतिनिधीहरुले उठाएको माग जायज रहेको र समस्याको उचित समधान ननिस्कुञ्जेल बैठकमा सहभागी नहुने भन्दै बैठक बहिस्कार गरेको वताए।