सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू

मिथिलेश यादव

 

लहान  – सिरहाको डुमरी १ मा आगोमा जलेकी एक युवतीको बिहिबार बिहान उपचारको क्रममा मृत्यू भएको छ। २१ बर्षीया विमलादेवी मण्डललाई उपचारका लागि जनकपुरतर्फ लैजादैँ गर्दा मृत्यु भएको हो ।
 
ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार, घरमा सुतिरहेको वेला मध्यराती टुकीबाट सल्केको आगोमा जलेर घाइते भएकी थिईन्।आगलागीबाट मण्डलको घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ। गाउँलेको सक्रियतामा आगो नियन्त्रणमा लिएको थियो।