मशूर चरित्र अभिनेता एके हंगलको मुंबईमा निधन

चरित्र अभिनेता एके हंगलको निधन  केहि दिन अगाडी बाथरुम जादां चिप्लेर शरीरको कम्मरको हड्डी भांचिन पुगेका चरित्र अभिनेता  एके हंगल लाई मुंबईको आशा पारेख अस्पतालमा भर्ना गरिएको थियो ।

 

उनको एउटा फोक्सोले काम गर्न छाडेपछि  शारिरीक स्थिती झन् बिग्रीन थालेपछि उनलाई वेंटीलेटरमा राखेका थिए । उपचारको क्रममा  गत आइतनबार ९८ वर्षमा उनको निधन भएको थियो । लामो बिरामी र र्आिर्थक स्थितीले गर्दा उनले बलीबुडमा पनि मद्दत मागेका थिए । उनको आर्थिक सहयोगका लागि बलीबुडले फेशन शोको  आयोजना पनि गरेका थिए ।

 

मशूर चरित्र अभिनेता एके हंगलले २०० भन्दा बढि फिल्ममा अभिनय गरेका छन् । शोले फिल्मको ” इतना सन्नाटा क्यों है भाई ” डाइलगले पनि भारतमा इतिहासनै रचेका  थिए । 

 

उनले अभिनय गरेका मध्य नमक हराम, शोले, शौकीन, आइना, बावर्ची सबैभन्दा हिट  फिल्म हुन् । ९८ बर्षको उमेरमा पनि उनी चलचित्रबाट रिटायर भएनन् । सात वर्षको लामो ब्रेक पछि फेरि उनी  केहि महिना अगाडि मनोरंजन च्यानल कलर्स मार्फत् टलिचलचित्र मधुबालामा देखापरेका थिए ।

 

– एजेन्सी