दैलेखमा फैलिएको भाईरल ज्वरोको कारण मर्नेको संख्या ६, अधिकांश मानिसहरु विरामी

काठमाडौं, भाद्र १७ ।  दैलेखमा फैलिएको भाईरल ज्वरोको कारण मर्नेको संख्या ६ पुगेको छ ।

 

गोगनपानी गाउं विकास समिति वडा नम्बर ७ कि ३ वर्षिय वालिका वसन्ता वि.कको मृत्यु भएपछि यो बर्ष दैलेखमा भाइरल ज्वरोको कारण मृत्यु हुनको संख्या ६ पुगेको हो । शुरुमा दैलेखको लालिकाडांमा भाइरल ज्वरो फैलिएकोमा अहिले त्यो नजिकैका गोगनपानी र पिलाडी गाविसमा समेत फैलिएको हो ।

 

यि गाविसका अधिकांश मानिसहरु विरामी परेका छन् । ग्रामिण जलश्रोत ब्यवस्थापन कार्यक्रम फिनिडाले संचालन गरेको कार्यक्रम अन्र्तगत प्रदान गरिएको घैटोमा धेरै लामो समयसम्म पानी जम्मा गरी खाने गरिएकोले सोही घैटौंको दुषित पानीकै कारण लालिकाडामा भाईरल फैलिएको त्यंहा पुगेको चिकित्सकको टोलीको निष्कर्ष छ ।

 

नेपाल प्रहरी, नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपमा लालिकाडा गाविसमा स्वास्थ्य शिविर संचालन गरेपनि भाइरल प्रकोप नियन्त्रणमा आउन सकेको छैन । RSS

अन्य समाचारहरु