अमेरिकी राष्ट्रपति ओबामाको मनपर्ने पेय पदार्थको बारेमा अहिले सम्मकै गोप्य मानिएको तथ्य सार्वजनिक


अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति बाराक ओबामाको मनपर्ने पेय पदार्थको बारेमा अहिले सम्मकै गोप्य मानिएको तथ्य सार्वजनिक गरेको छ । करिब १३ हजार मानिसले इन्टरनेट मार्फत ओबामालाई मनपर्ने घरमै बनाइएको खास किसिमको वियरबारे जानकारी मागेपछि ह्वाइट हाउसले त्यसको विवरण सार्वजनिक गरेको हो ।


जनताको कौतुहता र उत्सुकताका कारण गोप्य राखिएको बियर बनाउने विधिबारे जानकारी गराइएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकी राष्ट्रपति ओबामा घरमा बनाइएको वियरको खास शौखिन मानिन्छन् । ह्वाइट हाउसमा ओबामाको लागि भनेरै पहिलो पटक बियर बनाएको बताइन्छ ।


ओबामाले आफ्नो चुनावी अभियानमा पनि यो बियर लगिसकेको र मतदाताहरुले पनि चाखिसकेको बताइएको छ । तर आलोचकहरुले भने बियरको पछाडि राजनीतिको गन्ध आएको टिप्पणी गरेका छन् ।


अमेरिकामा आगामी राष्ट्रपति चुनावमा ओबामाका प्रतिद्धन्दी मिट रोमनी मादक पदार्थ सेवन गर्दैनन् । अमेरिकामा राजनीतिको पूरानो मान्यता अनुसार बियर पिउने उम्मेद्वारलाई मत दिनु राम्रो हुन्छ ।

 

– एजेन्सी