नेपालद्धारा दोस्रो वुमेन्स साफ च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ८-० गोल, यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिक

कोलोम्बो, श्रीलंका – अन्लाईन संचारमाध्यममा आएका समाचार अनुसार नेपालले दोस्रो वुमेन्स साफ च्याम्पियनसिपको पहिलो खेलमा शनिबार पाकिस्तानविरुद्ध ८-० गोल गरेको छ ।


समाचार अनुसार सीआर एन्ड एफसी मैदानमा कप्तान जमुना गुरुङ एक्लैले चार गोल गरिन् । उनले ३७ औं मिनेटमै ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो साफमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले नेपालको लागि हालसम्म २१ गोल गरिसकेका छन् । यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिक हो ।


अर्का स्ट्राइकर अनु लामाले दुई गोल गरेकी छिन् । अर्को गोल मिडफिल्डर सजना राना मगर र दीपा अधिकारीको नाममा रह्यो । पहिलो हाफमा पाकिस्तान निरीह देखियो । तैपनि नेपालको खेल सुन्दर भन्न चाँहि मिल्दैन ।


अग्रपंक्तिमा नेपालले राम्रो खेल प्रदर्शन गरे पनि रक्षपंक्ति खासै चुस्त देखिएन । तैपनि पाकिस्तानले दुईपल्ट मात्र पोष्ट आक्रमण गर्‍यो । आजकै खेलबाट घिमकुमारी गुरुङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी छिन् ।


सन् २०१० को फेब्रुअरीमा ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा नेपालले पाकिस्तानलाई ७