‘पार्टी निर्णय विपरित किन माओवादी-मधेसी मोर्चाको गठवन्धनमा जानु भयो भनेर स्पष्टीकरण लियौं तर उहाँको चित्तवुझ्दो जवाफ दिन सक्नु भएन्’ अध्यक्ष हिक्मतवहादुर देउवाले नागरिकसँग भने, ‘तपाईहरु पनि अर्को गठवन्धनमा बनाएर जान सक्नुहुन्छ भन्ने जवाफ दिएपछि हामीले उहाँलाई निलम्बन गरेका हौं।’
तीन जना अध्यक्ष हुने बिधानमा व्यवस्था गरे अनुसार गत साउन देखी सिंह पार्टीको अध्यक्ष थिए। एमाले, राजावादी हुदै एमाले-कांग्रेस सरकारमा कानुन मन्त्री भएका सिहं अहिले माओवादी-मधेसी मोर्चाका प्रवक्ताको जिम्मेवारीमा छन्। उनी निलम्बित भएपछि अध्यक्षको जिम्मेवारी केन्द्रिय समितिले देउवालाई दिएको छ।



