अर्घाखाँची डट्कमका सहकर्मीलाई ज्यान मार्ने धम्की, चौतर्फी तिव्र निन्दा र भ्रत्सना

काठमाडौं । अर्घाखाँची डट्कममा प्रकासित समाचारको विषयलाई लिएर अर्घाखाँची जिल्ला स्थित बल्कोटको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव शंकर पाण्डेले एक जना पत्रकारलाई ज्यान  मार्ने सम्मको धम्की दिएका छन।

अहेव पाण्डेले मिती २०६९ भाद्र २०, बुधवार प्रकासित बल्कोट र ठाडाका स्वास्थ्य केन्द्र डाक्टर विहीन / पियनले औषधी दिनु पर्ने बाध्यता भन्ने समाचारको बिषयलाई लिएर अर्घाखाँची डट्कमका अन्तरराष्ट्रिय एवम मध्यपुर्व प्रमुख उमाकान्त पाण्डेलाई मार्ने धम्की दिएका हुन।


उक्त समाचार प्रकासित भए लगतै निरन्तर अर्घाखाँची डट्कमका प्रमुख लगायतलाई ९८४७१६०४०५ लगायतका नम्बरबाट फोन गरी आक्रोश पोख्नुका साथै समाचार लेख्नु गलत रहेको भन्दै उक्त समाचार ह्टाउन र क्षमा माग्नु पर्ने र सो नगरेमा अदालतीय लडाईं लडने भनी अनेकौ धम्की दिएका थिए ।


यसैगरी आफुलाई माओवादी भनेर चिनाउने उनले पत्रकार उमाकान्त पाण्डेका परिवारहरुलाई समेत निरन्तर गालीगलौज-धम्की दिएका छन। सोही अनुसार अहेव शंकरले पत्रकार पाण्डेका दिदी भिनाजुलाई बारम्बार फोन गरी मानसिक दवाब दिनुका साथै मैले तिमीहरुलाई यती गर्ने तिमीहरुको भाईले यसो गर्ने भन्दै पत्रकारिता पेशा छोडी बस्न र आफुले नछोडने समेत चेतावनी दिएका थिए ।


डट्कमका प्रमुख मेहर सिंह केसीलाई भाद्र २३ शनिवार फोन गरी; मलाई नसोधी किन समाचार लेख्यो ? किन पत्रकारलाई मर्ने रहेछन – यही भएर पो मार्ने रहेछ- -तपाईंले सके तपाईंले गर्नुस्, मैले सके मैले गर्छु, मलाई मार्नु बाच्नु गरायो त्यसले – – म कानुनी लडाईं लडछु भनेर अनेक धम्की दिएका थिए ।


यस घटनाको बिषयलाई लिएर अर्घाखाँचीडट्कमका प्रमुख एवम सम्पादकले सयुक्त रुपमा आईतवार नै एक बिज्ञप्ती जारी गरी तिव्र निन्दा र भ्रत्सना गर्दै घटनाको छानवीन गरी दोषीमाथि कार्वाहीको माग समेत गरेका छन।

 


यसैगरी रिपोर्टरस क्लब नेपालका अध्क्षय ॠषि धमला लगायतका संघसस्थाहरुले छुट्टाछुट्टै विज्ञप्तिमार्फत धम्कीको निन्दा गर्दै कारबाहीको माग गरेका छन् । यसरी पत्रकारलाई ज्यान मार्ने धम्की दिनु स्वतन्त्र पत्रकारिता मात्र होइन, एउटा नागरिकको बाँच्न पाउने नैसर्गिक हकको समेत ठाडो उल्लंघन भएको ठहर सञ्चार संस्थाहरुले गरेका छन्।

 

यसैक्रममा अर्घाखाँची डट्कमसँगको संपर्कमा उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले उक्त घट्नाको सत्य-तथ्य छानबिन गरी दोषीलाई सक्दो कारबाही गर्ने बताएका छन। भने डट्कमको अर्घाखाँची जिल्ला प्रमुख अधिकारीसँग फोन संपर्क हुन सकेन।

 

को हुन शंकर पाण्डे ?


शंकर पाण्डे बल्कोट स्वास्थ्य केन्द्रका अहेव हुन । बल्कोट निवासी उनी पहिले नेपाली काङ्रेस निकटका थिए भने पछि द्न्द्द कालिन समय देखि उनी माओवादीमा लागेका हुन । उनले आफुलाई माथिल्लो तह सम्म पहुच छ भनेर पनि बताउने गर्छन् । उनलाई स्थानिय गाउँलेहरुले त्यो बल्कोटमा पहिले- पहिले भएका हिशात्मक गतिविधीमा समेत सन्लग्न थिए भन्ने आरोप लगायता पनि सो को अर्घाखाँची डट्कम पुष्टी गर्न सक्दैन ।

 

शंकर पाण्डे बल्कोट स्वास्थ्य केन्द्रमा अहेव पेशा सँग -सगै अनेकौ व्यवसाय गर्दै आएका छन; अहिले उनले केही लगानी बोर्डिङमा पनि गरेका छन । बल्कोटको शहिद मेमोरियल बोर्डिङ स्कुलका संचालक पनि हुन । उनले बल्कोट काभ्रेमा एउटा मेडिकल – फार्मेसी खोलेका छन । गाउँलेका अनुसार स्वास्थ्य केन्द्रमा सबै उनकै हात छ । केन्द्रमा आउने औषधी पाण्डे स्वयमले लैजाने र आफ्नो मेडिकलबाट बिक्री वितरण गर्ने गरेको गाउंलेले आरोप लगाएता पनि उनले आफुले त्यसो कहिले नगरेको बताउन्छन । 

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु