– उमाकान्त पाण्डे गाउंले – काठमान्डौ
रोजगारका लागि सम्युत्त अरब एमिरेट्स (यूएई) पुगेका अर्घेली युवाहरुको साझा चौतारी अर्घाखाँची संपर्क समितिले फुजेराहमा समेत आफ्नो समिति बनाउने भएको छ ।
यूएईका प्रत्येक राज्यमा आफ्नो उपस्थिती जनाउने र समितिलाई तल्लो तह सम्म पुराउने उद्देश्यले फुजेराह क्षेत्रिय समिति गठन गर्न लागिएको हो । फुजेराह राज्य यूएईको लागि कथित नेपालको सुदुर पश्चिम राज्य जस्तै मानिन्छ। त्यहा हजारौ नेपाली कार्यरत छन । फुजेराह पहाडी राज्य हो । त्यहा अत्यधिक नेपाली होटल तथा रेस्टुरेन्ट एवम भवन निर्माण र सुरक्षा सेक्युरीटी क्षेत्रमा कार्यरत छन । त्यहा सयौ अर्घाखाँचीका युवा बिभिन्न पेशामा आबद्द भएको अनुमान छ ।
समितिलाई अझ प्रभावकारी र जिल्लाबासीको पँहुच सम्म पुर्याउन युएईमा रहेका सबै सात इमिरेट्सहरुमा क्षेत्रिय समिति बिस्तार गर्ने उद्देश्यले क्षेत्रिय समिती विस्तार गर्न लागेको हो ।
समितिले एक प्रेस बिज्ञप्ती निकालेर सेप्टेम्बर २१ शुक्रबारका दिन फुजेराहमा रहेको लुलु हाइपरमार्केटको ठीक अगाडि जम्मा भई फुजेराह क्षेत्रिय समिति गठन गरिन लागेकोले सम्पूर्ण अर्घाखाँची बाट यूएईमा आइ बिभिन्न पेशामा आबद्द अर्घेलीलाई दिनको ठीक १ बजे उपस्थित हुन अनुरोध गरिन्छ भनिएको छ ।
कार्यक्रमको बारे थप जानकारी आबश्यक परे केन्द्रिय अध्यक्ष राजु खड्का ०५०-२६७०९४३ सारजाह र कासी भाट ०५५-५०९७५३४ फुजेराहलाई संपर्क गर्न सकिने जनाएको छ ।
समितिका अध्यक्ष राजु खड्का द्वारा जारीगरिएको बिज्ञप्तीमा “आफुले अरुलाई सहयोग गरे आफुले अरुको सहयोग पाइन्छ” भन्ने कुरा लाई आत्मसाथ गरी कार्यक्रममा उपस्थित भएर प्रवासमा एकजुट हुन आग्रह गरिएको छ ।
परिश्रमको हिसाव पारिश्रमिक फल पाउने खालको रोजगार नपाएका कारण बिदेशिएका युवाहरुलाई “समस्या र प्रगतिमा साथ” भन्ने नाराका साथ अर्घाखाँची सम्पर्क समिति यूएईको स्थापना गरिएको थियो । हालसम्म यूएईको दुबइमा क्षेत्रिय समिति गठन गरिएको छ भने बाँकी अन्य क्षेत्रिय समिति पनि निर्माण गरिदै जाने अध्यक्ष राजु खड्काले जानकारी दिए ।