हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको कुश्मामा महोत्सव सुरु


पर्वत । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वत सदरमुकाम कुश्मामा पश्चिमाञ्चलस्तरीय तेस्रो महिला महोत्सव सुरु भएको छ । तीन दिन सम्म सञ्चालन हुने यस महोत्सवमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति, तीज गीत प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, महिला उद्यमी सम्मान तथा घरेलु वस्तुहरुको प्रदर्शन, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु हुदैछन् ।

महोत्सवमा १ लाख भन्दा बढी दर्शक भित्रायाउने लक्ष्य राखेको आयोजकको भनाइ छ ।

सामुदायिक रेडियो दिदीबहिनीको आयोजनामा सुरु भएको महोत्सवको आज माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले उद्घाटन गरेकी थिइन्