पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले एकैपटक एक भन्दा बढी महिलासँग सेक्स गर्ने गरेको खुलासा

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले एकैपटक एक भन्दा बढी महिलासँग सेक्स गर्ने गरेको कुरा बाहिर आएको छ ।

 

क्लिटनको साथ अन्तरंग सम्बन्धका कारण चर्चामा आएकी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसकी पूर्व कर्मचारी मोनिका लेविन्सकीले हालै लेखिरहेको पुस्तकबाट यस्तो कुराको खुलासा हुन लाागेको हो । मोनिकाले हाल लेखिरहेको पुस्तकले पूर्वराष्ट्रपति क्लिन्टनसँगको सेक्स सम्बन्धको बारेमा साँचो र गोप्य कुराहरुको खुलासा गर्ने अनुमान गरिएको हो ।

अंग्रेजी पत्रिकाहरुका अनुसार लेविन्सकीकी एक साथीले बताए बमोजिम उक्त पुस्तकमा क्लिन्टनले त्यसबखत एकै पटकमा एक भन्दा बढी युवतीसँग सेक्स गर्ने गरेको गोप्यताको बारेमा पनि उल्लेख गरिएको छ ।


लेविन्सकीकी साथीको अनुसार उक्त पुस्तकमा बिल क्लिन्टनको बारेमा कयौं अचम्मका कुराहरु पनि समावेश गरिएका छन् । ३९ वर्षीय लेविन्सकीको पुस्तकका बमोजिम त्यसबखत क्लिन्टन आफ्नी श्रीमतीसँग सेक्स गर्दैन थिए किनकी क्लिन्टन आफ्नी पत्नीबाट सन्तुष्ट थिएनन् ।


मोनिका लेविन्सकी बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति भएको समयताका सन् १९९५ देखि १९९७ सम्म ह्वाईट हाउसमा इन्टर्न रहेकी थिई । सन् १९९८ मा उनले क्लिन्टनसँगको सेक्स सम्बन्धको बारेमा खुलासा गरेर चर्चामा आएकी थिई ।


लेविन्सकीका अनुसार क्लिन्टनसँगको भेट र त्यसपछिको सम्बन्धका करण उनको बदनाम भयो तर क्लिन्टन चोखा भए । त्यसैले उनी क्लिन्टनसँग बदला लिन चाहन्छिन् । न्यूयोर्क टाइम्स पत्रिकाका बमोजिम लेविन्सकीले भारी रकममा उक्त पुस्तक लेख्ने करार गरेको जनाइएको छ ।

 

– एजेन्सी