– कृष्ण खनाल
बुटवल । शनिबार सांझ बुटवलमा एउटै माचमा २ दर्जन कलाकारले प्रस्तुती देखाए ।
राष्ट्रिय राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिभिन्न प्रस्तुतीले दर्शकहरुलाई मनोराजन प्रदान गर्यो । लायन्स क्लव अफ बुटवल खस्यौलीले टिभिएस कमेडी ईभ नाम दिएको हास्यब्यंग्य कार्यक्रममा कलाकारहरुको जमघट थियो ।
मिलनचोकस्थित सिद्धार्थ कटेजमा भएको कार्यक्रममा हास्य टेलिसिरियल तितो सत्यका दीपकराज गिरी दीपाश्री निरौला मेरी बास्सैका सिताराम कट्टेलधुर्मस कुन्जना घिमिरे सुन्तली जिरे खुसा्रनीका जितु नेपालमुन्दे्र शिवहरी पौडेलमुखमा हानुजस्तो किरण केसी राजाराम पौडेलरातामकै देवीराम पौडेलभोक लाग्यो शिवहरी नेपाल सभाषद सुनिता गुरुड्ड शैलेन्द्र िसंखडा र मनोज गजुरेल लगायतका २० बढि हास्य कलाकारले दर्शकका तालि पाएका थिए ।
कार्यक्रममा पछिल्लो समयकी चर्चित नायिका सुष्मा काकी कलाकार बसन्त श्रेष्ठ कमल खत्री र आकांक्षा बस्यालको प्रस्तुती पनि रहेको थियो । करिब ७ सय सहभागि दर्शकले कार्यक्रम हेरेको आयोजक संस्थाका अध्यक्ष बाबुराम बोहराले जानकारी गराए ।
कार्यक्रममा प्रवेशको लागि आयोजकले न्यूनतम ५ सय देखि १ हजार ५ सय सम्मको टिकटको व्यवस्था गरेको थियो ।