इंग्लीश लिग कप फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी

इंग्लीश लिग कप फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी भएका छन् ।

 

म्यान्चेस्टर युनाईटेडले आफ्नै मैदानमा भएको खेलमा प्रिमियरशीप प्रतिद्धन्दी न्युकासल युनाईटेडलाई २-१ ले हरायो ।

 

यसैगरी आर्सनलले कोभेन्ट्रीलाई ६-१ ले पराजित ग-यो । यसै वर्षदेखी क्यापिटल वान कपको नाममा खेलाउन थालीएको लिग कप फुटबलका अन्य खेलहरुमा टोटनहयाम हट्सपर, रिडिङ र लिभरपुल विजयी भएका छन् । लिभरपुलले वेष्ट ब्रोमलाई २-१ ले हरायोभने टोटनह्यामले कार्लिस्लेलाई ३-० ले पराजित ग-यो ।

यसैगरी रिडिङले क्विन्स पार्क रेन्जर्स क्युपिआरलाई ३-२ ले हराँउदा नर्विच सिटीले डोन्कास्टरलाई १-० ले पराजित ग-यो । Agencies