– कृष्ण खनाल
बुटवल । कराँते फर वल्ड पीस भन्ने मूल नाराका साथ लुम्बिनीमा पहिलोपटक लुम्बिनी ओपन वल्र्ड कराँते च्याम्पिन्सीप प्रतियोगिता आयोजना गरिने भएको छ ।
मंगलबार बुटवल आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल कराँते एशोसियसनका अध्यक्ष दाबा गुरुङले लुम्बिनीको प्रसार प्रसार तथा शान्तिको लागि पहिलोपटक कराँते प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
विश्वका ६० देशका करिव ८ सय जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता गर्ने मिति भने अझै निक्यौल गरिएको छैन ।
पश्चिमााचल कराँते संघका अध्यक्ष भरतबहादुर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लुम्बिनी आउने खेलाडीहरुलाई बुटवलको अतिरिक्त पोखरा र काठमाण्डौ लगायतका क्षेत्रहरुमा समेत अवलोकन गराउने कार्यक्रम छ ।