सप्तरी । नुहाउने क्रममा आइतबार बेलुका सप्तरीको देउरी भरुवा गाविसस्थित कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव आज फेला परेको छ ।
नहरमा पानीको बहाव बढिरहेकाले आज बिहानदेखि मात्र प्रहरीले बालिकाहरुको खोजी कार्य सुरु गरेको थियो ।
इलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले ती बालिका डुबेको स्थानदेखि करिब २५ मिटरको दूरीमा रहेको पुलको छेउ शव फेला पारेको हो ।
जितिया पर्वमा नहरमा नुहाउन गएकी सप्तरीको बसबिट्रि गाविस



