काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०६९ सालको बडादसैँको पहिलो दिन घटस्थापना असोज ३० गते मङ्गलबार बिहान ११ बजेर सात मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको जनाएको छ ।
समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले दिएको जानकारीअनुसार कात्तिक ८ गते बुधवार बिहान ९ बजेर ३५ मिनेटमा दुर्गा बिसर्जन र ११ बजेर २९ मिनेटमा दुर्गाभवानीको टीकाप्रसाद ग्रहणको उत्तम साइत रहेको जानकारी दिए ।
– RSS