बडादशैं अवसरमा महानवमीको दिन मात्रै खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शनका लागि सर्वसाधारणको भीड

वर्षमा एक दिन मात्रै खुल्ने हनुमानढोकास्थित तलेजु मन्दिरमा सर्वसाधारणको भीड काठमाडौं ।  बडादशैं अवसरमा महानवमीको दिन मात्रै खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शनका लागि बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ ।

 

वर्षमा एक दिन मात्रै खुल्ने भएकाले आजका दिन दर्शनका लागी सर्बसारणको भिड लागेको हो । हनुमानढोका दरबार संग्राहलय विकास समिति तथा स्थानीयवासीको सहयोगमा देवीको दर्शन गर्न आउने भक्तजनका लागि आवश्यक सेवाको प्रबन्ध गरिएको छ । आजका दिन तलेजु मन्दिरमा दर्शनका लागि करिब एक लाख भक्त आउने अनुमान गरिएको छ । नेवारी समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट हजारौंको संख्यामा दर्शनार्थी तलेजु भवानीको मन्दिरमा पुगेका छन ।

 

 आज दिनभर मन्दिर खुला रहने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भएपनि पछि विक्रम संबत १६२० मा तत्कालीन राजा महेन्द्र मल्लले पेगोडा शैलीमा निर्माण गरेको तीन तल्ले यो मन्दिरभित्र देवी भवानी विराजमान छिन्। यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरको धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्बदन्ती छ ।

 

RSS