
काठमाडौं । मुस्लिम समुदायको चाड ईद अल अजाह अर्थात बकर इद आजदेखि शुरु भएको छ ।
विश्वभरका मुस्लिम समुदायले आपसमा शुभकामना र बधाई आदानप्रदान गरी यो चाड मनाउंछन् । मुस्लिम धर्मावलम्वीका लागि यो पर्व इद उल फित्र पछिको दोस्रो ठूलो चाड हो ।
नेपालमा हिन्दू धर्मावलम्वीहरुले वडादशैँ मनाइरहँदा मुस्लिम समुदायले पनि बकरइद मनाउँदै छन् । ईस्लामका पाँचवटा आधारस्तम्भ आस्था, नमाज, हज, रोजा र जकातमध्ये हजलाई मुख्य मानिन्छ ।
बकरइद मुस्लिम समुदायको हज अर्थात् तीर्थाटन र बलिदानका रुपमा मनाइन्छ । यो पर्व आजदेखि तीन दिनसम्म मनाइन्छ । मुसलमान समुदायको महान् चाड बकरइदको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।
-RSS