कृष्ण खनाल
बुटवल – नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले मधेसलाई टुक्रयाएर हिमाल र पहाडलाई चिन टुक्रयाउने भुमिको रुपमा उपयोग गर्ने बिदेशि षडयन्त्र भैरहेको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाद्धारा मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राज्य पुनर्संरचना सम्बन्धि बिवाद त्यसैको उपज भएको तर्क गरे ।
एनेकपा माओबादी र मधेसी मोर्चा गठबन्धन बर्तमान सरकारका गतिबिधिका कारण मुलुकको राष्ट्रिय स्वाधिनता र अखण्डतामाथि गम्भिर आच आएको बताउदै अनेरास्वबियुका पुर्ब अध्यक्ष समेत रहेका गैरेले यही अबस्था रहीरहे भबिस्यमा हामी नेपाली भनेर भन्न पाउछौकी पाउदैनौ भन्ने चिन्ता प्रकट गरे ।
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुस्पकमल दाहालले सहमतीका लागि हालै अगाडी सारेको दुईबुदे प्रस्ताब सहमती कायम गर्ने भन्दा पनि मुलुकलाई थप अन्यौल र अस्थिरतातर्फ धकेल्ने खालको भएको बताउदै दुई तिहाई बहुमत ल्याउने आडम्बरले आफैले घोषणा गरेको निर्वाचनबाट एकिकृत नेकपा माओबादी आफै भाग्न खोजेको आरोप लगाए ।
मुलुकको बिद्यमान गतिरोध अन्त्यको एक मात्र निकास ताजा जनादेस भएको बताउदै एमाले युवा नेता गैरेले निर्वाचनबाट भाग्नेहरु लोकतान्त्रिक हुन नसक्ने जिकीर गरे ।
संबिधानसभा पुनस्र्थापना बारे पत्रकारहरुको जिज्ञासामा गैरेले संबिधानसभा सदस्यहरुका कारण संबिधान नबनेको नभै ठुला दलका सिर्श नेताकै कारण संबिधान नबनेको दाबी गर्दै पुर्नस्थापित संबिधानसभाबाट पनि संबिधान बन्न नसक्ने उल्लेख गरे ।
कार्यक्रम क्लबका लुम्बिनी अञ्चल अध्यक्ष प्रकाश खनालको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।