इजिप्टमा आँखामा पट्टी बाँधेका एक बालकले बिशप तावाद्रोसलाई नयाँ पोप चुने


इजिप्टको नयाँ पोपमा बिशप तावाद्रोस चुनिएका छन् । निकै अनौठो र रमाइलो तरिकाबाट बिशप तावाद्रोस नयाँ पोप चुनिएका हुन् । कायरोको सेन्ट केथेड्रलमा आयोजित समारोहमा आँखामा पट्टी बाँधेका एक बालकले बिशप तावाद्रोसलाई नयाँ पोप चुनेका हुन् ।


पोपका लागि प्रतिस्पर्धामा रहेका तीन जना उम्मेदवारको नाम लेखेर कागजको टुक्रा एक बक्समा राखिएकोमा आँखामा पट्टी बाँधेका बालकले बिशपको नामको टुक्रो झिकेका थिए ।


मध्यपूर्वको अल्पसंख्यक मध्येको शक्तिशाली गुटको रुपमा रहेका काँप्ट इसाईहरुले नयाँ पोप नियुक्त गर्ने क्रममा अनौठो र रोचक प्रक्रिया अपनाएका हुन् ।


गत मार्चमा पोप शिनाँदाको मृत्यु भएपछि बिशपलाई नयाँ पोप चुनिएका हुन् ।

 

– एजेन्सी