रविकिरण कपमा भिजन मोहनीको विजयी सुरुवात

कृष्ण खनाल
बुटबल ।  जनआस्था पृथ्वी युवा क्लब रुद्रपुरको आयोजनामा जारी रविकिरण नकआउन फुटबल प्रथियोगितामा भिजन मोहिनी युवा क्लव बुटवले बिजयी सुरुवात गरेको छ ।

भिजन मोहिनी युवा क्लवले कञ्चन युवा क्लव गजेडीलाई टाईब्रेकरमा ३ । २ ले पाखा लगाउनदै बिजयी भएको हो ।


भिजनका लागि टाई ब्रेकरमा ज्ञानु राना, बिजय शेन र विकास थापाले गोल गरेका थिए भने कञ्चनको लागि राजा थापा, शोभित दलार्मले गोल गरेका थिए ।


आजको पहिलो खेल एन्फा एकेडेमी बुटवल र आर के फुटबल क्लव बुटवलका विच आयोजना हुने स्वाधीन कर्मी विन्दु गौतमले जानकारी दिईन