– उमाकान्त पाण्डे गाउंले
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले खाचीकोटको खाची मैदानमा एक बिरोध सभा तथा बिशेष साङगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
गणतन्त्रको गणतन्त्रको सस्थागत विकास,रास्ट्रिय सहमतीको सरकार ,सबिंधान सभाको नयाँ चुनाब,संघीयताको खारेजी र जातिय सदभाब कायम गरौ भन्ने मुलनाराका साथ कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिब तथा पूर्व सबिधान सभा सभासद सन्तबहादुर नेपाली,जनमोर्चाका जिल्ला अध्यक्ष झबी थापा, जिल्ला सचिब थम्मन के सी, केन्द्रिय सदस्य शेर बहादुर बि.सि.,अनेम संघकि जिल्ला उपाध्यक्ष सकुन्तला राना, अनेरास्वबियू छैठौका जिल्ला सचिब ठाकुर पन्थी, नरपानीको चुन ढुङ्गा उत्खनन बिरुद्द् संघर्ष समितिका सद्स्य पिताम्बर खासु लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिब तथा पूर्व सबिधान सभा सभासद सन्तबहादुर नेपालीले वर्तमान सरकार हटाउन सम्युत्त आन्दोलनको आबश्यकता भएको बताए । हामीले पहिले देखीनै भन्दै आएका छौ भट्टराई सरकार आफ्नो आयु लम्बाउन खोजी रहेको छ” त्यसर्थ हामी सम्पूर्ण पार्टी जुटेर आन्दोलन गर्नु आजको आबश्यकता हो । सघींयता आयातित भएको भनेर हामीले सुरुबाट भन्दै आएका थियौ अहिले प्रमाणित भएको छ नेपालीले भने ।
पिताम्बर भट्टराईको सभापतित्व,खाचीकोट गाउँ कमिटी अध्यक्ष सिधी राज भट्टराईको स्वागत मन्तब्य एवम गाउँ कमिटिका सद्स्य फर्सबहादुर के.सी.को सन्चालनमा सम्पन्न कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका जिल्ला तथा केन्द्रिय कलाकारले आ-आफ्नो जनबादी गीतहरुमार्फत उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए। कार्यक्रम हेर्न सयौ स्थानियको उपस्थिती रहेको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।