
सोमवार का दिन आफ्नो घरमा सत्यनारायण पुजा लगाई मंगलवार थानीमाईलाई डोली चडाउन ल्याउने र अनेकौ कष्टका बाबजुद पनि पैदल हिडेरै टाडा टाडाबाट भक्तजनहरु डोलीलिइ आउने गरेका छन । प्राय अहिल्य भने थानीमाईको मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ गोरखा, धादिङ चित्तवन, कास्की लगायतका जिल्लाबाट धेरै भक्तजनहरु आईरहेका छन ।
विभिन्न ठाउबाट आएका भक्त जनहरुबाट आज थानीमाईको मन्दिरपरिसरलाई परिक्रमा गरि माथीथुम्का शिखरमा अबस्थित मन्दिरमा उक्लदै बाजा गाजा धोजा पताका सहित थानीमाईको जय जयकारले बसन्तपुर छुटै रौनक वनेको छ । ।
हिजो सोमबारका दिन भने मन्दिरमा सयौ जना भक्तजनहरुको रात्री बत्ति बाल्ने भिड उत्तिकै लाग्गेको थियो । साथै नाचगान गरि भजन गाउदै रात उनै थानीमाईको काखमा विताएका थिए । हजारौ भक्तजनको भिड्लाग्ने थानीमाई मन्दीरमा भने कुनै जात जातीको भेदभाब भन्ने चलन राखिएना सबै खुल्ला जस्तै थियो ।
हाल मन्दिरको प्राकृतिक भूस्थिती ज्यादै दयनि छ हाल आएर चारैतर्फ भिरालो भएको ठाउामा पुरा पक्का सिमेन्टलगाई तलबाट नै निर्माण गरि ल्याईको ढलान बाट उक्त ठाउलाई पैरो बाटजोगाउने कोसिस गरिएको उक्त मन्दिरमा दर्शन गर्न जाने जो कोईले बताउछन ।
थकाई मेटाउनको लागि र आफ्नो सामन सुरक्षितको लागी विभिन्न संघसस्था अनि गाउहरुले केही आर्थीक रकम संकलन गरि मन्दिर वारिपरि ६/७ वाट पाटि पौवाहरुको बनाएका छन । उचाईमा भएको र आज धेरै भक्तजनहरुको आगमनले उक्त ठाउमा पानिको भने केही समस्या देखिएको पाईन्छ ।
अलि कति केही दुखको कुरा जतातै हरियाली देखीने बसन्तपुर गाउको एउटा रमणीय स्थल थानीमाई आस्थाको धरोहर धार्मीक तथा प्रचुरमात्रामापर्यटक भित्राउने संभावना बोकेको स्थलमा सरकारको पनि धान जान जरुर देखिन्छ ।
यसै गरि तनहुँको आवुखैरेनी ६ स्थित डाडाटोलमा तिहारका बेला जुवा, तास र कौडा खेलिरहेका जुवाडेहरुलाई प्रहरीले छापा मारी जुवाडेहरुसंग जफत गरेको १ लाख ९ हजार रुपैया विभिन्न सामाजिक कार्यमा खर्च गरिएको स्थानीया राम बहादु धामीले जानकारी दिएका छन । इलाका प्रहरी कार्यालय आवुखैरेनीबाट खटिएको प्रहरीको एक टोलिले विशेष सुकारीको आधारमा छापा मारी जुवाडेहरुसंग त्यो रकम जफत गरेको हो । इलाका प्रहरी कार्यालय आवुखैरेनीका प्रहरी निरीक्षक लेम प्रसाद सेनका अनुसार मन्दिर बनाउन, धर्मशाला बनाउन, टोल सुधार, सडक दुर्घटना हुने ठाउमा होर्डिङ बोर्ड राख्नेलगायतका काम गरिएको छ ।
यसै गरि तनहूँकै रुपाकोट



