पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सिंगापुरमा

काठमाडौं  । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित प्रस्थान गरेका छन।

 

पूर्वरानी कोमल शाहको स्वास्थ्य परिक्षण गर्न सिंगापुर गएका पूर्व राजपरिवारको टोलीमा बुहारी हिमानी शाह, छोरी प्रेरणा, ज्वाई राजबहादुर राणा, निजी सचिव, अर्दली, सुरक्षा गार्ड, डा.राजीव शाही लगायतका आफन्तहरु रहेका छन।

 
नारायाणहिटी हत्या काण्डका बेला गोलीको छर्रा लागेर घाइते हुनुभएकी पूर्व रानी कोमलको उपचारका लागि जान लागेको टोली एक महिनासम्म सिंगापुरमा बस्ने योजना रहेको छ ।

 

कोमलको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले परिवारका अधिकांश सदस्यहरु सिंगापुर जान लागेको पारिवारिक स्रोतले जनाएको छ । पूर्व राजाको परिवार आज दिउँसो २:५५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेको हो ।

 

– RSS

अन्य समाचारहरु