भीम चापागाईं
इलाम – स्काभेटर पल्टिएर सुक्रबार बेलुकादेखि अवरुद्ध भएको मेची राजमार्ग २४ घण्टा पछि सुचारु भएको छ। राजमार्ग अर्न्तगत माइखोला-इलाम खण्डमा इलामकै माबु गाविस लैजान लागिएको स्काभेर ट्रकमा लोड गर्ने क्रममा पल्टिएर साँझ राजमार्ग अवरुद्ध भएको थियो।
स्काभेटरलाई अन्य तीन स्काभेटर, स्काभेटर प्राधिक, प्रहरी र स्थानीयले शनिबार साँझ पाँच बजे मात्र हटाउन सफल भएको इलामका प्रहरी निरिक्षक गणेश बाँस्तोलाले बताए।
राजमार्ग खुलेपछि हिजोदेखि रोकिएका झापाबाट इलाम हुँदै ताप्लेजुङ जाने र विपरित दिशामा गुड्ने सयौं सवारी र यात्रुहरु गन्तर्व्यतर्फ गएको प्रहरीले जनाएको छ।
यस अघि प्रहरीले अवरुद्ध स्थान पार गर्नै बाटो बनाएर साना सवारीकालागि अस्थायी रुपमा केही सहज बनाएको थियो।