भारतविरुद्धको तेस्रो टेस्ट म्याचमा इङ्गल्याण्ड सात विकेटले विजयी

भारतविरुद्धको तेस्रो टेस्ट म्याचमा इङ्गल्याण्ड सात विकेटले विजयीभारतविरुद्धको तेस्रो टेस्ट म्याचमा इङ्गल्याण्ड सात विकेटले विजयी भएको छ । योसँगै पाहुना टोली इङ्गल्याण्डले चार खेलको श्रृंखलामा २-१ को अग्रता लिएको छ । कोलकातामा आज विहान भारतले दिएको ४१ रनको चुनौति इङ्गल्याण्डले तीन विकेट गुमाएर पुरा ग-यो ।
 
पहिलो ईनिङमा इङ्गल्याण्डसँग २ सय ७ रनले पछि परेको भारतले दोस्रो ईनिङमा २ सय ४७ रन बनाएपछि इङ्गल्याण्डले ४१ रनको सहज चुनौति पाएको हो । इङ्गल्याण्डले पहिलो ईनिङमा ५ सय २३ रन बनाएको थियो ।
 
इङ्गल्याण्डका लागि एलेष्टर कुकले १ सय ९० रनको शानदार प्रदर्शन गर्दा जोनाथन ट्रटले ८७ रन बनाए । भारत र इङ्गल्याण्डबीचको चार खेलको टेस्ट श्रृंखलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो र तेस्रो टेस्टमा इङ्गल्याण्ड विजयी भएको हो । श्रृखंलाको चौथो तथा अन्तिम खेल मंसीर २८ गतेदेखि नागपुरमा हुनेछ ।

 

– Agencies