काठमाडौ – एक कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवरसँग धरौटीबापत् २८ हजार रुपियाँ मागिएको छ । उनीसँग आज जिल्ला प्रशासन कार्यालय काठमाडौं उपस्थित गराइएको प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले २८ हजार धरौटी माग गरेका हुन् ।
धरौटी बुझाउन नसक्ने बताएपछि उनलाई पुनः प्रहरीकै नियन्त्रणमा राखिएको बुझिएको छ । दाहालले सार्जजनिकरुपमै उनलाई माफी दिने घोषणा गरेपनि प्रजिअले कुावरसाग धरौटी मागेका हुन् ।



