एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको समयसीमा बढाउन फेरि राष्ट्रपति रामबरण यादब समक्ष आग्रह

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको समयसीमा बढाउन फेरि राष्ट्रपति रामबरण यादब समक्ष आग्रह गरेका छन । 



आज विहान शीतल निवासमा भेट्न गएका प्रचण्डले अहिलेसम्म दलहरुबीच अहिलेसम्म भएको छलफलको जानकारी गराउँदै प्राप्त उपलब्धीका विषयमा राष्ट्रपतिसँग छलफल गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।



उनले राष्ट्रपतिलाई अहिले दलहरुबीच औपचारीक छलफल नभएको र अनौपचारिक छलफल धेरै भएकोले आजको दिनभरमा निकास निकाल्ने तयारी भएको जानकारी गराएका थिए । 



आजको छलफलमा पनि निकास ननिस्किए केही दिन म्याद थप्न प्रचण्डले आग्रह गरेको बुझिएको छ ।