महिला समलिङ्गि फुटबलरमाथि नाइजेरियाले प्रतिबन्ध लगाएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बारे स्पष्ट पार्न नाईजेरियालाई पत्राचार गरेको छ ।
यो फिफाको छानबिन नभएर पहिलो चरणको सोधपुछ भएको फिफा अधिकारीको ठहर छ । हप्ता दिनअघि नाइजेरिया महिला फुटबल लिगकी प्रमुखले महिला समलिङ्ग फुटबलरहरु लाई बहिस्कार गर्ने बताएकी थिईन ।
साथै उनले समलिङ्गिहरुले राष्ट्रिय महिला फुटबल टोलीमा स्थान नपाउने पनि बताएकी थिईन् । उनको कथनको बिरोधमा नाइजेरियाका समलिङ्गिहरुले फिफा अध्यक्ष जोसेप सेप ब्लाटरलाई पत्राचार गरेपछि फिफाले नाईजेरियासँग यस बारे थप जानकारी मागेको हो ।
– Agencies