आज महाशिवरात्री पर्व देशभर मनाईदै

उमा ढकाल
काठमाडौं  । आज महाशिवरात्री पर्व देशभर मनाईदैछ । प्रत्येक वर्ष फाल्गुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्री पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा विहानैदेखि भक्तजनको घुईंचो लागेको छ । भक्तजनको सजिलोका लागि दर्शन गर्न तीन वटा लाइनको व्यवस्था गरिएको छ । 
एउटा लाइन मित्रपार्कबाट उत्तरढोकाको सिँढीतर्फ, अर्को लाइन जयबागेश्वरी शंकराचार्य मठ हुँदै पश्चिम ढोकामा पुग्नेछ । त्यस्तै, अर्को लाइन भने गौशालाबाट सुरु भई वनकाली हुँदै दक्षिण ढोका पुग्नेछ । अरु वर्षको तुलनामा अहिलेको वर्ष दर्शन गर्न सहज भएको भक्तजनहरुले बताएका छन् । 
 
मन्दिर परिसरमा ६५ वटा सीसी क्यामेरा पनि जडान गरिएको छ । पशुपतिनाथ शैवमार्गी हिन्दूका लागि एकमात्र शिवलोकका रुपमा प्रसिद्ध छ । प्राचीन कालदेखि नै शैवधर्मको केन्द्र मानिने नेपालमा महाशिवरात्रीका अवसरमा विशेषगरी भारतबाट आउने साधुसन्तले पशुपतिनाथ मन्दिर परिसर निकै रमणीय बनेको छ । 
हिन्दू संस्कृतिमा कालरात्री, सुखरात्री, मोहरात्री र शिवरात्री जस्ता चार रात्री प्रख्यात छन् । कसैले भगवान शिवको जन्म भएकोले आराधना गर्ने गरेको मान्ने गरेका छन् भने कसैले शिवरात्रीको दिन भगवान् शिवको पार्वतीसँग विवाह भएको विश्वास पनि गरिन्छ । 
 
यो दिन भगवान् शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रुपमा धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ । यस दिन भगवान् शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख छ । 
शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकार्ने गरिन्छ । करिब ७५ लाख खर्च हुने अनुमान गरिएको यस पर्वमा झण्डै १२ लाख दर्शनार्थी आउने तथा ६० लाख बराबर आम्दानी हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
सुरक्षाका लागि पाँच हजार पाँच सय प्रहरी तथा त्यत्तिकै संख्यामा स्वयंसेवक खटिएका छन् । एक हजार रुपैयाँको टिकट काटेर विशेष पूजा गर्न पाउने व्यवस्था यस वर्ष पनि यथावत गरिएको छ । यस दिन शिवको मूर्ति वा मन्दिर अगाडि, टोल, चोकमा रातभर आगो बाली धुनी जगाई भजनकीर्तन गर्ने, देवदेवालयमा महादीप बाल्ने र प्रसाद बाँडी खाने चलन छ । 
कतै