साधु पिटिएपछि साधु हरुले लगाइदिएको आगो नियन्त्रणमा

मिथिला मध्यमा परिक्रममा आएका साधु पिटिएपछि साधु हरुले लगाइदिएको आगो नियन्त्रणमा आएको छ । साधु हरुले धनुषाधाम बजारस्थित सलिम नामक व्यक्तिको घरमा आगो लगाइदिएका थिए ।
उक्त घरको सिलिण्डर पड्किएपछि  आगो झन् फैलिएको थियो । आगोले दुई घर जलेका छन् भने वरपरका केही टहरासमेत नष्ट गरेको छ ।
परिक्रममा आएका साधु ले खाना बनाउने चुल्होको लागि ईट्टा लिएको निहुँमा भएको विवादपछि एक साधु कुटिएका थिए । आक्रोशित साधु हरुले आगो लगाइदिएका हुन् । जनकपुर बाट आएको दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको छ ।
कुटपिटको बिरोधमा नाराबाजी गरिरहेका साधु हरु अहिले आआफ्नो काममा लागेका छन् ।
fire