एसीसी ट्वान्टी-२० कपमा नेपालले मलेसियाविरुद्ध १९ रनले विजयी भएको छ। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रनमात्र जोड्यो।
यो जितसँगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ। नेपालका लागि कप्तान पारस खड्काले ३ छक्का र ११ चौकासहित सर्वाधिक ८७ रन बनाए।
ओपनर ब्याट्समेन प्रदीप ऐरी शून्यमै आउट भए पनि सुवाष खकुरेल २५ रन बनाएर पेभेलिएन फर्किए। त्यस्तै विनोद भण्डारीले २० रन जोडे।
राम्रो फिल्डिङ गरेको नेपालका लागि पृथु बास्कोटा र सञ्जम रेग्मीले दुई दुई विकेट लिए। नेपालले भोलि सिंगापुरसँग खेल्दैछ। नेपालकै समूहमा रहेको हङकङ यसअघि नै सेमिफाइनल पुगिसकेको छ।
खेलको लाइभ अपडेट अर्घाखाँची डट्कम् ले गरेको थियो।
—————————
दर्शकको हुटिङले मैदान गुन्जिएको छ।खेलका लागि सय रुपियाँको टिकट काट्नु पर्ने भए पनि अहिले दर्शक गेटबाट यत्तिकै प्रवेश गरेका हुन्।सुरक्षाकर्मीहरुले दर्शकलाई रोक्न असफल भएका छन्।
चार ओभरमा नेपालको ३६ रन।
नेपालको ५० रन पूरा
पारसद्वारा लगातार दुई चौका प्रहार
६ ओभरको समाप्तिमा नेपालको ५५ रन।
बलर परिवर्तन भए …
नयाँ स्पिन बलरलाई पारसले स्वीपमा दुई रन प्रहार गरेका छन्।
सुवासले दुई रन जोडेका छन
मध्यम गतिका हसन गुलाम पभेलियन इन्डबाट बलिङ गरिरहेका छन्।
मलेसियाले दुवै इन्डबाट बलिङ परिवर्तन गरेको छ।
सात ओभरको समाप्तिमा नेपालको ६० रन।
सुवास खकुरेल आउट भएका छन्।नेपालले प्रति ओभर ८ रनले रन बनाइरहेको छ।
एक जना पत्रकार भन्छन खेलको Ntv plus ले लाइभ गरिरहेको छ । मेसिनरी सामान परे जापानी , प्राविधिक परे राजनीतिक नियुक्तिका कसरी राम्रो होस ।
नेपाल ६४/३
विनोद भण्डारी क्रिजमा आएका छन्। उनले खाता खोलिसकेका छन्।
१० ओभरमा ३ विकेटको क्षतिमा नेपालको ७१ रन…
स्कूपमा चौका प्रहार गर्दै पारस ४१ रनमा पुगेका छन्।
नेपाल समर्थकद्वारा परम्परागत बाजागाजासहित हुटिङ गरेकोले सिङ्गो मैदान गुन्जिएको छ । मैदानमा दर्शकको वेभ गज्जबको देखिएको छ।
फाइन लेगका फिल्डरले बल नियन्त्रणमा लिएर विकेट किपरलाई दिन सकेनन । दिएको भए भए विनोद भण्डारी रन आउट हुन सक्थे । आउट हुन बाट अहिलेलाई बचेँ …
पारस ४६ रन सहित अजै खेल्दै …उनक अर्ध शतक पूरा –ट्वान्टी-२० को अन्तर्राष्ट्रिय क्रिकेटमा पारसको यो चौथो अर्धशतक हो।पारसको अर्धशतकलाई सबै दर्शकले ताली बजाएर स्वागत गरिरहेका छ्न।
विनोद भण्डारीले पहिला चार त्यसपछि १ रन जोड्दै व्यक्तिगत ७ रनमा पुगेका छन्।
मलेसियाले सिंगापुरसँगको पछिल्लो खेलमा यही मैदानमा १७२ रनको लक्ष्य पछ्याएको थियो।
चुनौतिपूर्ण स्कोरसम्म पुग्न आज नेपाललाई १५० भन्दा बढी रनको आवश्यकता छ।
१२ ओभरमा नेपालले ८८ रन बनाएको छ।
यसअघिका तीनै अर्धशतक उनले गत वर्ष युएईमा भएको विश्व ट्वान्टी-२० छनौटमा बनाएका थिए।
पारसको दोस्रो छक्का।
३५ बलमै अर्धशतक पूरा गरेका पारस छक्का सहित ५६ रन बनाएर खेलिरहेका छन्।
नेपालको १०० रन।
१३ औँ ओभर खेल्दै नेपाल तीन अङ्कको स्कोरमा पुगेको हो।
१३ ओभरमा नेपालको १०१ रन।
बाह्रौँ खेलाडी अमृत भट्टराई मैदानमा ब्याट्सम्यानद्वयलाई ड्रिङ्क्स लिएर गएका छन्।
नेपालका प्रमुख बलर भए पनि पहिलो दुई खेलमा अमृतले कुनै विकेट लिन सकेका थिएनन् भने पाँच ओभरमा ४३ रन खर्चेका थिए।
अमृतको स्थानमा आज चन्द्र साउद खेल्दैछन्।
विनोद भण्डारीद्वारा चौका प्रहार …
भण्डारी १३ रन बनाई खेलिरहेका छन्।
उनी पनि दोहोरो स्कोरमा पुगेका छन्।
विनोद भण्डारीद्वारा स्ट्रेट छक्का प्रहार ।
नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक रिचर्ड ओर्लिस्की पनि पभेलियनको छतमा
विनोद भण्डारी २० रनमा बोल्ड भएका छन्।
नेपालको चौथो विकेट खस्यौ …
शरद भेषावकर क्रिजमा आएका छन्।
पारस ६७ रनमा खेलिरहेका छन्। शरदको खाता खुल्न बाँकी छ।
लेग स्टम्पमा गएको बल खेल्न खोज्दा शरदले विकेट गुमाएका हुन्।
शरद बोल्ड भए…
पृथु बाँस्कोटा मैदान प्रवेश गर्दैछन्।प्रतियोगितामा यो उनको पहिलो खेल हो।
१६ ओभरमा नेपालको पाँच विकेटको क्षतिमा १२७ रन । अन्तिम चार ओभरमा नेपालले कति रन बनाउला ? सबैमा जिज्ञासा
१५ ओभरमा नेपाल ४ विकेटको क्षतिमा १२२ रन
पारस ७४ मा
पारसको अर्को चौका
पारसले फेरि चौका हाने। उनी ७८ रनमा।
रनिङ विटविन द विकेटको उत्कृष्ट नमूना।
पारसले कठिन जीवन दान पाएका छन्। उनी आउट हुन बाट मुस्किलले बचेँ …
पारसद्वारा अर्को छक्का प्रहार
उनको यो यस इनिङमा तेस्रो छक्का हो।
१७ ओभरमा नेपालको १४१ रन।
उनी ८७ रनमा आउउट भए।
पारस खड्का आउट भए …
सबै दर्शकले उनको इनिङको प्रशंसा गर्दै उठेर सम्मान व्यक्त गरेका छन । दर्शकद्वारा पारसको मुक्त कण्डले प्रशंशा …
ट्वान्टी २० मा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोरभन्दा पारस एक रनले पछाडि रहे।
पृथु बास्कोटा ७ रन बनाई आउट भए।अन्तिम छ बल बाँकी।१९ ओभरमा नेपालको १५६ रन।बसन्त रेग्मी दुई रनमा आउट।
यो नेपालको आठौँ विकेट पतन।
नेपालको इनिङमा- पाँच बल बाँकी
चन्द्र साउद मैदानमा
दोस्रो बलमा एक रन।
तेस्रो बलमा लेग बाइबाट एक रन।
तीन बल बाँकी शक्ति गौचन क्रिजमा।
चौथो बलमा शक्तिले दुई रन लिएका छन्।
चन्द्र साउद क्रिजमा।
अन्तिम बलमा दुई रन।
पाँचौँ बलमा शक्तिको एक रन।
अन्तिम बल बाँकी।
नेपालको २० ओभरमा ८ विकेट गुमाई १६३ रन।
मलेसियालाई १६४ रनको लक्ष्य।
पारस खड्काको कप्तानी इनिङ ८७ रनमा नेपालको बलियो स्कोर खडा भएको हो।