नेपाल एसीसी ट्वान्टी-२० कपको उपविजेता/अफगानले लगातार ४ पटक उपाधी जित्यो

नेपालले एसीसी ट्वान्टी-२० कप क्रिकेटको उपविजेतामा सिमित भएको छ । नेपाललाई हराएको अफगानिस्तानले भने लगातार चौथो पटक एसीसी ट्वान्टी-२० को उपाधी जितेको छ ।

बुधबार भएको फाइनल भिडन्तमा अफगानिस्तानसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । अघिल्ला खेलहरुमा जस्तो व्याटिङ र बलिङ दुबै चल्न नसक्दा पहिलो पटक फाइनल पुगेको नेपाल उपविजेतामा सिमित भएको छ । प्रशिक्षक पुबदु दशानायकले पावर प्ले ओभरमा राम्रो खेल्न नसक्नु नै हारको कारण भएको बताए । कप्तान पारस खड्का र विनोद भण्डारीबीच तालमेल नमिल्दा पारस रन आउट हुनु अर्को कारण भएको थियो । कप्तान पारसले अझै राम्रो तयारी चाहिएको बताए । यो प्रतियोगितामा विनोद र प्रदीप ऐरीले राम्रो प्रदर्शन गरेको र दर्शकले साथ दिएको भन्दै प्रशंसा गरे ।


नेपालले प्रस्तुत गरेको १ सय ३६ रनको विजयी लक्ष्य अफगानिस्तानले १३ बल बाँकी छँदा मात्र ३ विकेटको क्षतिमा भेट्टयो । उसका लागि गुल्वादिन नाभीले अविजित ४३ रन बनाए । नेपालका कप्तान पारस खड्का र शक्ति गौचनले समान १-१ विकेट लिए ।

यसअघि त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।

११ ओभरमा व्यक्तिगत १० नर जोड्दा सुवास खकुरेललाई पहिलो विकेटमा रुपमा गुमाएको नेपाललाई थप ६ रन जोड्दा दोस्रो झड्का लाग्यो । प्रदीप १ रनमा नै क्याच आउट भए । स्कोर बोर्डमा २३ रन हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल १० रनमा नै आउट भएपछि नेपाली टोली थप दबावमा आयो । त्यसपछि विनोद र पारसले ७१ रनको साझेदारी गरे । विनोद ३२ रनमा आउट भए । स्कार बोडृमा १ सय १४ रन हुँदा अर्धशतक बनाएलगतै पारस रन आउट भएपछि नेपाली पारी धर्मराएको थियो । पारसले ६ छक्का र ४ चौका हानेका थिए भने विनोदले १ चौका र ३ छक्का हाने ।

सरद भेसवाकरले २०, पृथु बास्कोटाले २ रनमा आउट भए भने बसन्त रेग्मीले खाता नै खोल्न सकेनन् ।

नेपाली टोलीका कप्तान म्यान अफ दि सिरिज घोषित भए । ६ खेलमा १ सय ७ रन जोडेका पारसले ४ विकेट समेत लिएका थिए । यस्तै पारसले २ सय २० सीसीको पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । क्रिकेट एशोसिएशन अफ नेपाल क्यानले नेपाली टोलीका प्रतेक खेलाडीलाई ५० हजार दिने घोषणा गरेको छ ।

गुल्वदिन नाभी फाइनल भिडन्तको म्यान अफ दि म्याच बनेका छन् । ४३ रन जोडेका उनले २ विकेट समेत लिएका थिए । ११ विकेट लिएका हङकङका तनविर बेष्ट बलर बने भने प्रतियोगिताको एक मात्र शतक प्रहार गर्ने हङकङकै बकस बेट्स ब्याट्सम्यान बने ।