पाकिस्तानी पप गायक आतिफ अस्लम विवाह बन्धनमा बाँधिए

 केही समयअघि राजधानीको दशरथ रंगशालामा आफ्नो सांगीतिक प्रस्तुति पस्केर नेपाली प्रशंसकको वाहिवाही बटुलेका पाकिस्तानी पप गायक आतिफ अस्लम विवाह बन्धनमा बाँधिएका छन् । आतिफले लामो समयकी आफ्नी प्रेमिका सारा भारवानासँग हालैमा विवाह गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
चर्चित पाश्र्वगायक समेत रहेका आतिफले बलिउडका केही फिल्महरुमा गाएका गीत निकै चर्चित छन् । आतिफले आफ्नो कलेज जीवनदेखिकै प्रेमिका सारा भारवानासँग विवाह गरेको जनाइएको छ ।
विवाह समारोहमा ३० वर्षीया आतिफले पहेंलो (क्रिम) रंगको शेरवानी पहिरिएका थिए भने साराहले परम्परागत लेहेंगा पहिरिएकी बताइएको छ । विवाह समारोहमा आतिफले आफ्ना गीतहरु समेत पस्केको जनाइएको छ ।
आतिफ र साराह दुबै पाकिस्तानको लाहोरका भएका कारण विवाह समारोह पनि त्यहीँ सम्पन्न भएको समाचारमा जनाइएको छ ।
AGENCIES