म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हरायो

इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराएको छ । म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीका जेम्स मिल्नरले पहिलो गोल गरे ।
यसको ८ मिनेटपछि सिटीकै भिन्सेन्ट कोम्पानीले एक आत्माघाती गोल गरेपछि खेल बराबरमिा पुग्यो । तर खेल सकिन १२ मिनेट बाँकी छँदा अर्जेन्टाईनी स्ट्राईकर सर्जियो अगुएरोले गोल गर्दै म्यान्चेस्टर सिटीलाई विजयी गराए ।
जीतपछि सिटीले शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई १२ अंकमा सिमित गरेको छ । ३१ खेलबाट म्यान्चेस्टर युनाईटेडको ७७ अंक छ भने समान खेलबाट म्यान्चेस्टर सिटीले ६५ अंक जोडेको छ । ५८ अंकको साथ चेल्सी तेस्रो स्थानमा रहेको छ ।
Agencies