मिथिलाञ्चल क्षेत्रमा एकापसमा हिलो दलेर जुड शितल पर्व मनाइदै

जनकपुर । मिथिलाञ्चल क्षेत्रमा आज जुड शितल पर्व मनाइएको छ । नयाँवर्षको आगमनसँगै प्रत्येक वर्ष बैशाख २ गते एकापसमा हिलो दलेर जुड शितल पर्व मनाउने गरिन्छ । 
यो पर्वमा घरका मूख्य व्यक्तिले परिवारका सदस्यलाई चिसो पानी टाउकोमा खन्याएर आर्शिवाद दिने चलन छ । जुड शितल पर्वको दिन किसानहरुले भने आफ्नो खेतबारीमा रहेका रुख बिरुवाको जरामा पानी हाल्ने र नयाँ बिरुवा रोप्ने परम्परा छ । 
आज सजिवनको तरकारी र आलुका परिकार बनाई खाने चलन पनि छ । प्रचण्ड गर्मीमा शितल पानीले टाउकोमा मालिस गर्दा बर्ष भरी रोग नलाग्ने र मानिस शान्त रहने विश्वास गरिन्छ । 
आजको दिन महोत्तरीमा भने घरेलु हतियारले जनावरको शिकार खेल्ने परम्परा छ । तराईमा आजकै दिन पोखरी र इनार सफा गरिन्छ ।
RSS