
नयाँदिल्ली । बलिउड अभिनेता संजय दत्तलाई भारतको सर्वोच्च अदालतले प्रहरीसामु आत्मसर्मपण गर्न चार हप्ताको समय दिएको छ । संजयले दायर गरेको निवेदनको सुनुवाई गर्दै अदालतले उनलाई आज एक महिनाभित्र आफूलाई सजायका लागि आत्मसर्मपण गर्न आदेश दिएको भारतीय सञ्चारमाध्यमहरु जनाएका छन् ।
संजयले अदालतसामु आत्मसर्मपणका लागि ६ महिनाको समय माग गरेका थिए । उनले जेलमा आत्मसर्मपण गर्नुअघि बाँकी भएको आफ्नो फिल्मका काम सक्काउन चाहेको जिकिर निवेदनमा गरेका विभिन्न भारतीय सञ्चारमाध्यमहरुले उल्लेख छन् ।
अदालतको आजको निर्णय उनलाई जेल अधिकारीका सामु आत्मसर्मपण गर्न दिएको समयको एकदिनअघि आएको हो । यसअघि गएको मार्च २१ तारिखमा भारतको सर्वोच्च अदालतले मुम्बईमा सन् १९९३ मा भएको विस्फोटसँग जोडिएको एक मामिलामा दोषी ठहरगर्दै उनलाई ५ वर्षको सजाय सुनाएको थियो ।
त्यतिबेला अदालतले संजयलाई अप्रिलको १८ तारिखसम्म आफूलाई जेलमा आत्मसर्मपण गर्न भनेको थियो ।
अदालतले संजयलाई गैरकानूनी रुपमा हतियार राखेको मामिलामा दोषी ठहर गरेको थियो ।
५ वर्ष सजाय सुनाएका अभिनेता संजयले यस मामिलामा यसअघि डेढवर्ष जेल सजाय भुक्तान गरिसकेका बताइएको छ ।
AGENCIES