आफ्नै मैदानमा कोलकाता नाईट राईडर्सको निराशजनक हार

 भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । आफ्नै मैदानमा कोलकाता नाईट राईडर्स मुम्बईसँग ५ विकेटले हारेको हो । खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको नोक्सानीमा १ सय ५९ रन बनाएको थियो । 

कोलकाताका ज्याक क्यालिजले ३७ रन बनाए भने मुम्बईका मिचेल जोनसन, लसिथ मलिङगा र प्रज्ञान ओझाले २-२ विकेटले लिए । जवाफमा १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ५ बलमा ५ विकेटको नोक्सानीमा जित दर्ता ग