नेपाली क्रिकेटको इतिहासमा अर्को नयाँ कीर्तिमान, नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै उपाधि उचाल्न सफल

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, सरकारले जनही तीनलाख रुपैया दिने

बर्मुडा । बर्मुडामासम्पन्न आईसीसी विश्व लिग डिभिजन थ्रीको उपाधि नेपालले जितेको छ । यो जीतसँगै नेपाली क्रिकेटको इतिहासमा देशले अर्को नयाँ कीर्तिमान बनाएको छ । गएराति सम्पन्न फाइनल खेलमा नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो । डिभिजन टूमा प्रवेश गरेका दुई शीर्ष टोलीबीच उपाधिको छिनाफानो गर्न भएको फाइनल खेलमा नेपालले शानदार खेल प्रस्तुत गरेको हो ।

 डिभिजन थ्रीको दोस्रो खेलमा युगाण्डासँग हारेको नेपालले यो जीतसँगै उक्त हारको बदला पनि लिएको छ । ह्यामिल्टनमा पहिले ब्याटिङ गरेको युगाण्डाले ८ विकेटको नोक्सानीमा १ सय ५१ रन मात्र बनाउन सक्यो । युगाण्डाका ड्युस