यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिश खेलाडी रफाइल नदालले जितेका छन् ।
गएराति भएको फाइनलमा आफ्नै राष्ट्रका डेभिड फेररलाई हराएसंगै नदालले आठ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जित्ने कीर्तिमान राखेका छन् । यसअघि सात पटक फ्रेन्च ओपन जित्ने कीर्तिमान बनेको थियो ।
आधुनिक टेनिसको इतिहासमा कुनै पनि पुरुष खेलाडीले यसअघि एउटै ग्राण्डस्लाम आठ पटक जित्न सकेका थिएनन् ।
कीर्तिमानी जित हासिल गर्ने क्रममा नदालले फाइनलमा फेररलाई ६-३, ६-२ र ६-३ को सोझो सेटमा हराएका हुन् ।
पहिलो पटक कुनै पनि ग्राण्डस्लामको फाइनलमा पुगेका फेररमाथि नदाल हरेक सेटमा हावी देखिएका थिए । योसंगै नदालले करियरमा ग्राण्डस्लाम उपाधिको संख्यालाई एक दर्जन पु-याएका छन् ।
agencies