अविरल वर्षाका कारण सुदूरपश्चिमको खप्तडमा लाग्ने गंगा दशहरा मेला प्रभावित, तीर्थयात्री बाटोबाटै फर्कन बाध्य

डोटी  । अविरल वर्षाका कारण सुदूरपश्चिमको धार्मिक, ऐतिहासीक एवं पर्यटकीय स्थल खप्तडमा गंगा दशहराको अवसरमा लाग्ने मेला पनि प्रभावित भएको छ ।
 खप्तडमा प्रत्येक वर्ष गंगा दशहराको दिन भब्य मेला लग्ने गर्दछ । वर्षाले मेला भर्न जाने तीर्थयात्री बाटोबाटै फर्कन बाध्य भएका छन् । 
मेला हेर्न आउने हजारौ स्वदेश तथा विदेशका नागरीक खप्तड जान नपाएर आधा बाटोबाटै फर्किएको डोटी उद्योग बाणिज्य संघका महासचिव नरेन्द्र खडकाले बताउनुभयो । 
गंगा दशहराको अवसरमा खप्तड त्रिवेणीमा स्नान गरे मोक्ष प्राप्ती हुने, चर्मरोग निको हुने जस्ता विश्वास दर्शनार्थीको रहेको छ ।
RSS